सुजिता को हत्यारालाई कारबाही होस भन्दै प्रदर्शन

९ दिनदेखी हराईरहेकी सुजिता भण्डारी जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै पूर्व पश्चिम राजमार्गमा प्रदर्शन भएको छ । परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन्। राप्ती नगरपालिका ३ झुरझुरेस्थित घरबाटै ११ देखि सम्पर्कविहीन भएकी २२ वर्षीया सुजिता भण्डारीको शव हिजो आइतबार घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

मृतककी आमा अम्बिका भण्डारीले आफ्नो छोरीको हत्यारा पत्ता लगाइदिन अनुनय गरिन् । अपहरणमा परेकी सुजिताले आफुलाइ बचाउन फोन गरेपनी बचाउन नसकेको भन्दै हत्यारा पत्ता लगाउन उनकी आमाले बिन्ती गरिन् ।सयौंको संख्यामा रहेका स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज विहान घटनास्थलको निरीक्षण गरेपछि शव बोकेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल जान लागेको एम्बुलेन्सलाई पनि स्थानीयले अवरोध गरेका छन् ।हत्यारा पत्ता लगाउन अनुसन्धान सुरुवात गरिएको र चाँडै पत्ता लगाउने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय चितवनले हत्यारा धेरै समय भाग्न नसक्ने र चाँडो भन्दा चाँडो पत्तो लगाईने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस