सी जिङपिङको सम्वोधन को को हुदैछन् सहभागी

राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिङफिङले आज नेपालसहित १ सय ६० भन्दा बढी मुलुकका नेतालाई सम्बोधन गर्दैछन् । बेलुकी भर्चुअल माध्यमबाट सीले सम्बोधन गर्ने सीपीसी अन्तर्राष्ट्रिय विभागगका प्रवक्ता हु चाओमिङलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यले उल्लेख गरेका छन् ।

सीपीसीले हालै मात्र स्थापनाको सय वर्ष भव्यरूपमा मनाएको छ । पार्टी शताब्दी पूरा गरेको अवसरमै राष्ट्रपति एवं सीपीसी महासचिव सीले संसारका डेढ सय बढी देशका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

सीपीसी प्रवक्ता चाओमिङका अनुसार ‘जनताका लागि खुसी : राजनीतिक दलकाे दायित्व’ शीर्षकमा विमर्श हुने छ । आज हुने भर्चुअल छलफलमा चिँनिया राष्ट्रपति सी जिङपिङ सहित नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले भाग लिने भएका हुन् ।

मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगार्ईंका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको छ ।

चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।बैठकले चीन नेपालको सम्बन्धमा थप प्रगाढता बढ्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस