प्रधानमन्त्रीद्वारा पद तथा गोपनियताको सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले सोमवार दिएको परमादेश अनुसार आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यो संगै देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् ।

नवनियुक्त प्रधानमन्त्री देउवाले आफुले सपथ लिएसंगै सानो आकारको मन्त्रीमण्डल बनाएका छन् । जसमा नेपाली कांग्रेसबाट एक जना र माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागि भएका छन् ।

कांग्रेसबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कार्की यसअघि अर्थ र जलस्रोत मन्त्री भइसकेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड गृहमन्त्री बन्न लागेका हुन् । उनी यसभन्दा अगाडि रक्षा र सिंचाई मन्त्री भइसकेका छन् । माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने भएका छन् । भुषालले उर्जामन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

उनी यसअघि सामान्य प्रशासन मन्त्री भएकी थिइन् । त्यस्तै शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । शर्मा यसभन्दा अगाडि उर्जामन्त्री भइसकेका छन् । देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदनका पक्षमा रहेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव समुह अहिले नै सरकारमा सहभागि नहुने भएको छ भने राष्ट्रिय जनमोर्चाले पनि सरकारमा सरकारमा सहभागि नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस