कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

यो पनि पढ्नुहोस्
काठमाडौं । नेकपा एमाले भित्र अर्को साईबर सेना जन्मिएको छ । पार्टीका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।

आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले बताए । आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहने बताइएको छ ।

मंगलबार लोकन्थलीको दिव्यश्वरी पार्टी प्यालेसबाट घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ को कार्यक्रममा अतिथिका रूपमा पूर्व मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल लगायतका एमाले नेताहरूको सहभागिता रहने आयोजकले बताए ।

आइटी आर्मीको घोषणापत्र र कार्यविधिसमेत तयार भएको बताइएको छ । यसले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस