सामाजिक संजालमा बाँदर जुलुसको मजाक

काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले आज काठमाडौंमा अनौठो विरोध प्रदर्शन गर्यो । युवा संघका कार्यकर्ताहरु बाँदरको हुलियामा थिए ।
बाँदर जुलुसमा सहभागि यी नेता तथा कार्यकर्ताको चौतर्फी ट्रोल बनेको छ । केहि ओलीपक्षियले भने यो सांकेतिक बिरोध भएको र शान्तिपूर्ण भएको निछोड निकालेका छन् ।

शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्ने आफ्नो पार्टीका २२ सांसदलाई ‘बाँदर’ को रुपमा चित्रित गर्न उनीहरुले यो प्रयोग गरेका थिए ।
हिजो पनि युवा संघका कार्यकर्तले अतिरञ्जित तरिकाले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक शवयात्रा नै निकालेका थिए । युवासंघ नेपालले गरेको उक्त कार्यको चौतर्फी खण्डन भएको छ ।

युवासंघ नेपालको बिरोधका शैलिहरु अत्यान्तै अशोभनिय भएको तर्क काट्ने धेरै निक्लिएका छन् । कत्तिले त ओलीपक्षिय युवासंघको हर्कतले पार्टीमा बाँकी रहेको साख पनि गुमेको तर्क काटेको छ । गत साता संसद् पुर्नस्थापना पछि युवासंघ नेपालले निरन्तर बिरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस