प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता (के भयो कुराकानी) ?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए।

ठाकुर निकटस्रोतका अनुसार उनले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए।

प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए। विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

यो पनि पढ्नुहोस्

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेकाे हो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ। आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेको देखिन्छ ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

प्रतिक्रिया दिनुहोस