नयाँ सरकारलाई केपी सरकार जसरी अपराध गर्न छुट छैन – गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेजस्तो अपराध नयाँ सरकारलाई गर्न छुट नभएको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नहुने र यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने बताए।

‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्,उनले भने। उनले ओली नेतृत्वको सरकारका गैरजिम्मेवारी कामको बेलिविस्तार लगाउँदै उनले भने , ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार ।’

प्रतिक्रिया दिनुहोस