लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त, नर्भिकमा उपचार जारी

लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल सिकिस्त बिरामी परेकी छिन् । २३ असारमा लुम्बिनी प्रादेशिक अस्पतालमा उनले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएकी थिइन् । उनी आइतबारदेखि बिरामी भएकी हुन । चिकित्सकहरूले पाण्डेको इम्युन सिस्टम कमजोर बनेको तथा खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएको बताएका छन् ।आइतबार दिनभर विभिन्न कार्यक्रममा सहभागी भएकी पाण्डे रतिदेखि अचनाक बिरामी भएपछि भैरहवा, रुपन्देहीको गौतमबुद्ध मुटु अस्पताल हुँदै उपचारका लागि काठमाडौं लगिएको छ । उनको अहिले काठमाडौंको नर्भिक अस्पताल उपचार भइरहेको छ ।

उनलाई न्यूरो सम्बन्धी रोग भएको जानाकारी चिकित्सकले दिएको मन्त्री पाण्डेका पति नवराज लम्सालले बताए । न्युरोलोजिष्ट पंकज जलान र यादव भट्टको टिमले पाण्डेको उपचार गरिरहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य बनेकी पाण्डे पहिलो पटक गत वैशाख ६ गते र दोश्रो पटक बैशाख १९ गते मन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस