ब्राउन सुगरसहित बर्दियाबाट २ जना पक्राउ

बर्दिया– ९ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तोष भट्टराई र गुलरिया नगरपालिका– ७ का २२ वर्षीय अर्जुन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीका अनुसार गुलरिया नगरपालिका स्थित गुलरिया–नेपालगञ्ज सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

विद्यालय बन्दको असर : बालबालिकाले क, ख बिर्सिए
कैलाली– लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि पढ्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् ।

टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा छिन् । वैशाखयता विद्यालय बन्द भएपछि प्रिन्साले अचेल क, ख, समेत बिर्सेकी छन् । “राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो”, अभिभावक छपिलालले भने, “साना बालबालिकाले छिटो बिर्सने रहेछन् । चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ ।”

टीकापुर–३ की गीता विकका छोराको हालत पनि यस्तै छ । जागिरे गीताले कक्षा १ मा पढ्ने छोरालाई समय दिनसमेत पाउँदिनन् । उनी काममा जाँदा छोरा भुल्ने भनेको मोबाइल र टेलिभिजनमा हो । गीताको छोराले पनि पढेका सबै कुरा बिर्सन थालेको छ ।

“कक्षा १ मा पढ्ने छोराले सबै कुरा बिर्सिसकेको छ । विद्यालय अझै नखुले छोराको पढाइ शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ”, गीताले भनिन्, “साना बालबालिकालाई अध्ययन गराउने विकल्प छैन । हामीले घरमै पनि पढाउन सकेका छैनौँ ।”

जोशीपुरकी धना धामीको नातिको पनि विद्यालय बन्दका कारण पढाइ बिग्रिएको छ । धनाको नाति कक्षा ४ मा पढ्छन् । धनालाई पनि नातिले पढेका सबै कुरा बिर्सिएपछि तनाव भएको छ । “विद्यालय नचलेपछि नाति दिनभरि साना केटाकेटीसँग खेल्छ, न गृहकार्य छ, न त अर्को शैक्षिक सत्रका किताब किन्न पाइयो”, धनाले भनिन्, “अझै कोरोना महामारी फैलँदै छ । विद्यालय चल्ने टुङ्गो छैन । बालबालिकाको पढाइ त बर्बाद भयो ।”

प्रतिक्रिया दिनुहोस