पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका कसैको ज्यान गुएको छैन् । त्यस्तै १० देखि १९ वर्षसम्मका कसैले पनि ज्यान गुमाएका छैनन् ।

त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका १ जनाले ज्यान गुमाएका छन् । ३० देखि ३९ वर्षका २ जनाले ज्यान गुमाएका छन् । ४० देखि ४९ वर्षका ३ जना र ५० देखि ५९ वर्षका १२ जना रहेका छन् ।

कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका १७ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ३८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै अहिले देशभर ७६१ जना आईसीयूमा र १७६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार १५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस