सामाजिक सञ्जालमा मित्रता गाँसेर भेट्न बोलाए, अनि गुडिरहेको कारमा…

नयाँ दिल्ली । दिल्लीमा एक युवतीको सामूहिक बलात्कार भएको छ । युवतीले गुडिरहको कारमा आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना अगस्ट १६ को हो । प्राप्त जानकारी अनुसार पीडक युवकसँग पीडित महिलाको चिनजान सामाजिक सञ्जालमार्फत् भएको थियो । फेसबुकमा मित्रता भएपछि भेट्ने कुरा भयो । जब महिला ती युवकसँग भेट्न पुगिन्, उनले कारमा बसाए ।

कारमा राखेर उनले दिल्लीको शास्त्री पार्क इलाकामा गुडिरहेको कारमै उनीमाथि बलात्कार गरे । आरोपी बलात्कार गरेर फरार भएको थियो । प्रहरीका अनुसार महिला गाजियाबादमा बस्थिन् । दुवै आरोपी कार चढेर गाजियाबाद पुगे । त्यहाँ दुवैले आफ्नो कारमा राखे, युवतीले पनि प्रतिकार गरिनन् । किनकी उनीहरुले सामाजिक सञ्जालमा नै मित्रता गाँसिसकेका थिए ।

पछाडि बसेका युवकले उनीमाथि मारपिट गरी बलात्कार गरेको युवतीको आरोप छ । त्यसपछि कार चलाइरहेका अर्का युवकले शास्त्री पार्क इलाकामा लगेर कार रोके अनि बलात्कार गरे । त्यसपछि ती युवतीलाई त्यहीँ छोडेर दुवै फरार भए । उनले प्रहरीकहाँ नजान र कसैलाई घटनाबारे नभन्न धम्की दिएको पनि बताएकी छिन् ।

पीडित युवतीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । नजिकैको सिसिटिभी फुटेजको जाँच गर्दा प्रहरीले घटना भएको उक्त कार देख्यो । त्यसपछि दुवै अभियुक्त पक्राउ परे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस