चिनियाँ सेना भारतको उत्तराखण्ड प्रवेश गरेर पुल नै पारिदिए ध्वस्त, नरेन्द्र मोदी तनावमा

काठमाडौं। चिनियाँ सेनाले सीमा पार गरेर भारतको उत्तराखण्ड राज्यमा प्रवेश गरेको छ ।१ सयभन्दा धेरै चिनियाँ सैनिकहरु ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । उनीहरु सीमा पार गर्दै उत्तराखण्डको बाराहोती क्षेत्रमा प्रवेश गरेका थिए ।

यी चिनियाँ सैनिकहरुले भारतभित्र प्रवेश गरेर भारतका संरचनाहरु पनि भत्काइदिएका छन् । रिपोर्टका अनुसार यो घटना ३० अगष्टको हो ।यी चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रमा ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । उनीहरु ५० भन्दा धेरै घोडामा चढेर आएका थिए ।

यसरी भारतीय क्षेत्रमा प्रवेश गरेको २ घण्टापछि चिनियाँ सैनिकहरु बाराहोती क्षेत्रबाट आफ्नो क्षेत्रमा फर्किएका थिए ।इकोनोमिक टाइम्सको रिपोर्टअनुसार तुनजुन ला पास पार गरेपछि भारतीय क्षेत्रमा चिनियाँ सैनिकहरु ५ किलोमिटर भन्दा पनि धेरै भित्र पुगेका थिए ।

चिनियाँ सेना प्रवेश गरेको तुन जुन ला पास लिम्पियाधुराबाट नजिकै पर्छ । नेपालको सीमाको नजिकै भारत र चीनबीच यस किसिमको घटना हुनुले नेपाललाई पनि रणनैतिक र कूटनैतिक रुपले गम्भीर प्रभाव पर्न सक्छ ।तुन जुन ला पासबाट लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको विन्दू लगभग ७१ किलोमिटरको दूरीमा छ ।

प्रतिक्रिया दिनुहोस