असोज १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । पाहुना आगमनको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आम्दानिको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन । धनको नाश पनि होला । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ साथै दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुँदैन । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ । ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छर छिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काट्नेहरु प्रस्त बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बादविवादको पनि संभावना छ ।

प्रतिक्रिया दिनुहोस