सरकारले गर्यो आइतवार सार्वजनिक विदा दिने निर्णय

काठमाडौ । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। उद्यौली पर्व, योमरी पुन्ही( ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही( ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यो अर्को समाचार, प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुखमा सुदीप गिरीलाई ल्याएको छ । मुख्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत गिरीलाई महानगरिय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।

एसएसपी गिरीले शुक्रबारबाट कार्यभार सम्हालेका छन् । एसएसपी अशोक सिंहलाई भैरहवा सरुवा गरिएको छ । सिंहले भैरहवा विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस