विवाहपछि चम्किन्छ यी राशी हुने व्यक्तिको भाग्य, तपाईको पनि पर्नुभयो कि ?

प्राय:जसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक हुन्छन्। कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् ।त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईंको राशी कर्कट हो ।

यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीष शास्त्रको दाबी समेत रहेको छ। त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले दाबी गरेको छ।कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन पर्दैन्। तर, विवाह भएपछि निकै नै सुखी हुन्छन् । कर्कट राशीको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ ।

विवाह पछि भाग्य र परिवर्तन यस राशीको मानिसको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ।यो राशी हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यीनीहरुले जुन काममा हात हालेपछि सफल हुनेछ।कर्कट राशी हुने मानिसहरुले आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका मानिसहरुएकदमै परिश्रमी र इमान्दार हुन्छन्।
यो पनि:-साइलेन्ट हर्ट अट्याकः यी सामान्य लक्षणदेखि सतर्क रहन आवश्यक:-छाती दुख्ने, मुटुको चाल बढ्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरूले हृदयाघातको सङ्केत गर्छ ।तर, हर्ट अट्याकको सङ्केत दिने लक्षणहरू माथि उल्लेख गरिएभन्दा पनि फरक प्रकृतिका हुन्छन् । कहिलेकाहीँ लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाहीँ हर्ट अट्याक भएको भए पनि थाहा नहुन सक्छ । यसलाई साइलेन्ट हर्ट अट्याक भनिन्छ । साइलेन्ट हर्ट अट्याक हुँदा निकै असामान्य वा कुनै पनि लक्षण महसुस नहुने हुनसक्छ ।

यसप्रकारको साइलेन्ट हर्ट अट्याक निकै खतरनाक हुन्छ । अमेरिकाको क्लिवल्यान्ड क्लिनिकका कार्डियोजोजिस्ट कर्टिस रिम्मरम्यानका अनुसार साइलेन्ट हर्ट अट्याक भएको थाहा नहुने हुँदा यसको उपचार पनि नहुने वा नगरिने कारण यो सबैभन्दा खतरनाक हुन्छ । साइलेन्ट हर्ट अट्याक हुँदा लक्षण देखा नपरे पनि मुटुलाई भने असर भइरहेको हुन्छ ।

अत्यधिक थकान र सास फेर्न गाह्रो हुने हुँदा केही व्यक्तिहरू साइलेन्ट हर्ट अट्याक भएपछि तुरुन्तै अस्पताल जान्छन् । तर, हृदयाघातको बारेमा जानकारी नहुनलेलाई यो रोगको बारेमा थाहा पाउन सहज हुँदैन । महिला वा मधुमेहका रोगीलाई साइलेन्ट हर्ट अट्याकको जोखिम धेरै हुन्छ ।

रेगुलर चेकअपको बेलामा जाँदा मानिसले आफूलाई हर्ट अट्याक भएको पत्ता लगाउन सक्छन् । मुटुको मांसपेशीमा भएको नोक्सानलाई हेरेर डाक्टरले कस्तो प्रकारको हृदयाघात भएको पत्ता लगाउन सक्छन् । डाक्टरहरूले इलेक्ट्रोकार्डियोग्राम वा कार्डियक अल्ट्रासाउन्डमार्फत पत्ता लगाउन सक्छन् ।

साइलेन्ट हर्ट अट्याक हुँदा कुनै पनि विशेष लक्षण देखिने भन्ने हुँदैन । तर यसको मतलब यो होइन कि हर्ट अट्याकका सङ्केत पहिचान गर्न सकिँदैन भन्ने हुँदैन । आजतकमा जनाएअनुसार छातीमा केही अड्किएजस्तो महसुस हुने, थकान, सास फेर्न गाह्रो हुने, छाती पोल्ने, लगातार बैचैनी महसुस हुने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस