सिराहानै तनावग्रस्त हुने गरी भएको घटनाको यस्तो रहेछ वास्तविकता: एक जनाको मृत्यु अर्का एक घाइते

काठमाडौ । सिरहामा शनिवार तनावग्रस्त हुनेगरी भएको घटनावारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । शनिवार सिराहाको गोलबजारमा एक जना युवाको ज्यान लिइएको थियो भने अर्का एक घाइते भएका थिए । शनिवार राती दुई समुहबीच बबाल भएको हो । सो क्रममा एक जनाको निधन भएको हो ।

सो घटनापछि स्थानियबासीन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । शनिवार राती करिब साढे ८ वजे दुई समुहबीच विवादले उग्र रुप लिँदा सोही वडाका डोहटिया बस्ने २६ वर्षीय रामकुमार सदाको छु रा प्र हा रबाट मृत्यु भएको थियो। २६ वर्षीय रिकेश सदा घाइते छन्। त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

सोही नगरका २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन्। प्रहरीले दुई जनालाई गत आइतबार र बाँकी तीन जनालाई मंगलबार पक्राउ गरेको हो।

घटना नियोजित नभइ तत्कालको परिणाम भएको प्रहरी अनुसन्धानवाट खुलेको छ । घटनामा संलग्न मध्य थप केही अझ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गत शनिबार राति मृतक रामप्रसाद सदा लगायतको समूह वडा नं। ६ स्थित लक्ष्मी मन्दिरदेखि पश्चिमतिर घर जाँदै थिए।

उनीहरू बाटोमा हो(हल्ला गर्दै हिँडिरहेका थिए। त्यही ठाउँमा दीपक साह लगायतको समूह पनि बसिरहेको थियो। बाटोमा होहल्ला गर्दै हिँडेपछि साह लगायतले भने,‘ किन हो(हल्ला गरेको रु हल्ला नगरी आफ्नो घर जानू।’ त्यसपछि उनीहरूबीच विवाद सुरू भई झगडासम्म हुन पुगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस