चर्चित बलिउड अभिनेता सलमान खानलाई सर्पले टो’क्यो अस्पताल भ’र्ना

मुम्बई। बलिउड अभिनेता सलमान खानलाई सर्पले टो’के’को छ । क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टो’के’को भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टो’के’को जानकारी प्राप्त भएको छ । त्यसपछि उनलाई नवी मुम्बईको कामोठे क्षेत्रस्थित महात्मा गान्धी मिशन अस्पतालमा भर्ना गरिएको थियो ।रातभरि उनको उपचार गरे र त्यसपछि उनको स्वास्थ्यमा सुधार देखेपछि डिस्चार्ज गरिएको थियो।

उनि बिहान करिब ९ बजे फेरि आफ्नो फार्म हाउस पुगेका हुन् । समाचार अनुसार उनलाई टो’के’को सर्प वि’षा’लु थिएन । त्यसैले पनि उनलाई खासै असर परेको छैन । उनको फार्महाउस वरपरको क्षेत्र पहाड र जंगलले घेरिएको छ । त्यस ठाउमा प्रायः सर्प र अजिंगर देख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस