गोंगबुबाट तीन सरकारी कर्मचारी र एक सर्वसाधारण पक्राउ, कारण थाहा पाउँदा छक्क पर्नुहुन्छ

१३ पुस, काठमाडौं । प्रहरीको महानगरीय अपराध महाशाखाले नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई पक्राउ गरेको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् ।

अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले चार जना पक्राउ परेको पुष्टि गरेपनि संगठनमा संलग्नताबारे पुष्टि भइनसकेको बताए । उनले भने, ‘दुई जना प्रहरी कर्मचारी भएको खुलिसकेको छ, सेनाको हकमा पुष्टि भइसकेको छैन ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सैनिक कर्मचारी भएको पुष्टि भए अनुसन्धान र कारबाही प्रक्रिया जंगीअड्डाले नै अघि बढाउँछ । ‘सैनिक अदालत छल्न पनि पक्राउ पर्ने सेनाका कर्मचारीले आफू सैनिक भएको बताउँदैनन्’ उनी भन्छन्, ‘जंगीअड्डासँग पनि समन्वय गर्छौं र सैनिक भएको पुष्टि भए उतै बुझाउँछौं ।’

उनीहरुको साथबाट दुलर्भ वन्यजन्तु रेडपाण्डाको चार वटा छाला बरामद भएको खापुङले बताए । प्रहरीले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यस्तै, सामाजिक संजाल फेसबुक पेज मार्फत् अनलाईन ठगी कार्यमा संलग्नमा एक जना पक्राउ परेका छन् । बर्दिया बारबर्दिया नगरपालिका १० बस्ने २३ वर्षीय रमेश थारुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरुको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज मार्फत डिएसएलआर क्यामेराको खरिद तथा विक्री गर्न आकर्षक विज्ञापनमा सम्पर्क नम्बर समेत राखेर ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम पहिला पठाउन भनी सामान डेलिभरीपूर्व नै ग्राहकहरूको केही रकम आईएमई पे एप, ईसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहिन भएको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँगको समन्वयमा पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस