काठमाडौंको नयाँ बसपार्कमा डरलाग्दो घटना भयो, सीसीटीभी हेरेर ८ जना पक्राउ

काठमाडौँ, पुस १४ – काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई ९ जनाले सामूहिक बलात्कार गरेका छन्। काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलालाई मंगलबार रातभर सामूहिक बलात्कार गरिएको हो।

नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा लगेर ती महिलालाई सामूहिक बलात्कार गरिएको हो। यसैबीच प्रहरीले बलात्कार आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ परेको छ।

पीडित पक्षले दिएको उजुरीमा पीडक ९ जनाको नाम छ। जसमा अझै एक जना पक्रिन बाँकी छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार पिडकको उजुरी र सीसीटीभी फुटेजको आधारमा सात जनालाई मंगलबार राति र एक जनालाई बुधबार बिहान पक्राउ गरिएको हो।

आरोपितमध्ये सात जना मुगुका मात्रै छन्। एक जना अर्घाखाँचीका छन्। पीडित महिला सुर्खेतको भएको खुलेको छ। उनका श्रीमान भारतमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका पुरुष १९ देखि ४३ वर्षसम्मका छन्।

यस्तै, प्रहरीको महानगरीय अपराध महाशाखाले नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई गोंगबुबाट पक्राउ गरेको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् ।

अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले चार जना पक्राउ परेको पुष्टि गरेपनि संगठनमा संलग्नताबारे पुष्टि भइनसकेको बताए । उनले भने, ‘दुई जना प्रहरी कर्मचारी भएको खुलिसकेको छ, सेनाको हकमा पुष्टि भइसकेको छैन ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सैनिक कर्मचारी भएको पुष्टि भए अनुसन्धान र कारबाही प्रक्रिया जंगीअड्डाले नै अघि बढाउँछ । ‘सैनिक अदालत छल्न पनि पक्राउ पर्ने सेनाका कर्मचारीले आफू सैनिक भएको बताउँदैनन्’ उनी भन्छन्, ‘जंगीअड्डासँग पनि समन्वय गर्छौं र सैनिक भएको पुष्टि भए उतै बुझाउँछौं ।’

उनीहरुको साथबाट दुलर्भ वन्यजन्तु रेडपाण्डाको चार वटा छाला बरामद भएको खापुङले बताए । प्रहरीले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस