यसरी भएको रहेछ मलामी बोकेको बस दुर्घटना, ४ जनाको भयो सनाखत

काठमाडौ । पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको बसका चालक फरार रहेका छन्। उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

बुटवलबाट शव बोकेर पाल्पाको रिडी अत्येष्टिका लागि आएको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको थियो । तानसेन(तम्घास सडकखण्डको लघुवामा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले बताए ।

बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ। बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार मृत्यु हुनेमा रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा छन्। बाँकीको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइते हुनेको अवस्था पनि ग म्भी र रहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीको मरेङबाट केही वर्षअघि बुटवलमा बसाइसराइ गरेको विक परिवार बुटवल बुद्धनगरमा पसल चलाउँदै आएका थिए। स्थानीयका अनुसार विरबहादुरका ६ भाइ छोरामध्ये एक जनाको मृत्यु भइसकेको छ। ५ जना दाहसंस्कारको लागि गएका थिए। यस्तै मलामी गएकामध्ये तीन जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस