यिनै हुन् २० बर्षिया कञ्चन पराजुली जस्ले आफ्नै घरबेटीसंग खेलिन डरलाग्दो गेम, साथमा थिए ३ युवक !

सिन्धुपाल्चाेक : दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका चार जना पक्राउ परेका छन्।

नगदसहित सुन चाेरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदसमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ ताेला सुन चाेरी भएकाे थियाे।

घरमा काेही नभएकाे माैका छाेपी दिउँसै घरमा चाेरी भएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्रहरीले पीडित श्रेष्ठको घरमा डेरागरी बस्ने सुनकोसी गाउँपालिकाकी २० वर्षीय कञ्चन पराजुलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेकाे थियाे।

चाेरीमा संलग्न कञ्चनसहित इन्द्रावती गाउँपालिका- १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती-९ भिमटारका २५ वर्षीय बुद्ध तामाङ र भिमटारकै २६ वर्षीय विक्कि भनिने अनिल तामाङ रहेकाे प्रहरीले जनाएकाे छ।

पीडित श्रेष्ठकाे घरमा ६ महिना पहिलेदेखि भाडामा बस्दै आएकी पराजुलीले अन्य तीन जना युवाकाे सहयाेगमा चाेरी गरेकी हुन्। चाेरीकाे याेजनाकार पराजुली पीडित श्रेष्ठकाे छाेरीकाे सहपाठी पनि हुन्।

आफूसँग रहेकाे घरकाे मुल ढाेकाकाे चाबी ती युवकहरूलाई दिएर कञ्चनले चाेर्नकाे लागि परिचालन गरेकाे अनुसन्धानकाे क्रममा खुलेकाे प्रहरीले जनाएकाे छ।

चाेरीमा प्रयोग भएकाे एउटा माेटरसाइकल, ६ ताेला सुन, केही नक्कली सुनसहित चाेरीमा संलग्नलाई प्रहरीले साेमबार सार्वजनिक गरेकाे हाे। बरामद गरिएकाे सुन स्वरुप बदलिएकाे पाइएकाे र पीडितले हराएकाे भनेजति सबै सुन नभेटिएकाले अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिए।

चाेरीमा अन्य व्यक्तिकाे पनि संलग्नता हुनसक्ने भएकाले अनुसन्धान नसकिएकाे अधिकारीले बताए। आफ्नाे घनमाल चाेरीमा संलग्न पक्राउ गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै पीडित श्रेष्ठकी श्रीमती गुणकेसरी श्रेष्ठले अनुसन्धान कार्यमा संलग्न अधिकारी सहित जिल्ला प्रहरी प्रमुख राजन अधिकारीलाई खादा लगाएर सम्मान गरेकी थिइन्। थाहा खबर

प्रतिक्रिया दिनुहोस