४२ वर्षीया महिलासहित चारजना एकसाथ पक्राउ, डेरामा पुग्यो प्रहरी

काठमाडौं,  पुष । झापाको मेचीनगर-६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ ।

पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोको पारिएको अवस्थामा ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, प्रहरीले बाघको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ झरना टोल घर भई हाल लमही नगरपालिका ३ टिकुलीगढ डेरा लिइ बस्ने ४५ वर्षिय शंकर गिरी, उनकी श्रीमती ४२ वर्षिय झरना थापा, लमही नगरपालिका १ नर्ती निवासी ६३ वर्षिय गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका २ बरुवागाउँ निवासी २८ वर्षिय आशा कुमार चौधरी रहेका छन् ।

बाघको छालाको कारोवारका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो । गोप्य सुचनाको आधारमा लमही नगरपालिका ३ टिकुलीगढबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापाबिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो ।

सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालय घोराही र वडा प्रहरी कार्यालय लमहीले उनीहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छालासहित पक्राउ परेका चारै जनालाई प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाईने प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस