गत बर्ष मात्रै आमा गुमाएका दि भ्वाइस अफ किड्सको उपाधि बिजेता जेनिस उप्रेती को हुन् ?

चितवन खैरहनी नगरपालिकामा बसोबास गर्दै आएका जेनिस उप्रेतीले भ्वाइस अफ किड्सको उपाधि जितेका छन् । उनी खैरहनीकै मोडर्न बोडिङ स्कुलमा अध्ययनरत थिए । जेनिसले पहिलो पटक आयोजित दि भ्वाइस अफ किड्सको उपाधि जितेका छन् ।

शनिबार राति भएको फिनालेमा जेनिसले कोच प्रमोदको टिमबाट उपाधि जित्न सफल भएका हुन् । मकवानपुरमा जन्मिएर, झापापछि चितवनको खैरहनीस्थित मोडर्न स्कुलका जेनिस पढाइमा पनि अब्बल छन् । फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशले भ्वाइस अफ किड्स नेपाल बनेका हुन् ।

विजेता वनेका उनले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अन्तिम आठपछि अत्याधिक मतका आधारमा विजेता घोषणा गरिएको थियो ।विजेता वनेपछि जेशिनले दर्शक, निर्णायक, परिवार, विद्यालयलगायतलाई धन्यवाद दिँदै आफ्नी आमाको सपना पूरा गरेको बताए ।

४ वर्षको उमेरदेखि गायन क्षेत्रमा लागेकाले उनकी आमाले छोरालाई गायक बनाउने सपना बोकेकी थिइन् । त्यो सपना पुरा गरेमा भावुक बन्दै जेनिसले खुसी साटे । वि.सं. २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा जेनिसको जन्म भएको हो ।

उनले आफ्नी आमालाई गत वैशाखमा गुमाउन पुगेका थिए । उनकी आमाको क्या’न्सरसँगै को’रोना संक्रमणका कारण नि’धन भएको थियो । उसकी आमाले मृ’त्यु हुने बेला आफन्त र शुभचिन्तकहरुलाई छोरालाई गायक बन्ने रुची छ, गायक बन्नको लागि प्रेरणा दिनुहोला भनेकी थिइन् ।

बुबा भने वैदेशिक रोजगारीका लागि खाडी मुलुक छन् । जेनिस अहिले काका रमेश उप्रेतीसँग खैरहनी ८ पर्सामा बस्दै आएका छन् । आफ्नो बोडिङमा अध्ययनरत विद्यार्थीले उपाधि जि’तेकोमा प्राचार्य केएन सिलवालले गर्व महसुस भएको प्रतिक्रिया दिए ।

आफ्नो विद्यार्थीमात्र नभई नेपाल आमाको छोरा, कुशल गायक बनेको उनको भनाइ थियो । जेनिसका काका रमेश उप्रेतीले पनि यो उपाधि जिताउन सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै खुसीको सीमा नरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस