पि’डितलाई न्याय दिन खोज्दा मेनपावर ब्यबसायीले गु’ण्डा लगाएर कु’टे

काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले नि’र्घात कु’टेका छन् । विवादको क्रममा हात हा’लाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथिि जा’इलागेका थिए । कु’टपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे र ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी पनि घा’इते भएका छन् ।

मंगलबार दिउँसो मेनपावरबाट पी’डित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए । घा’इतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । घ’टनाबारे कसैले उ’जुरी नगरेको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।

मेनपावरका पदाधिकारी र युट्युबरको बिचमा एक आपसमा वि’वाद हुँदा हात हा’लाहाल भएको थियो । उता पि’डितले भने गु’ण्डा लगाएर आफु माथि कु’टपिट गरेको आ’रोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस