यसवर्षको एसईई आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

काठमाण्डौ, यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’को’रोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको जानकारी शर्माले दिए ।परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिकानजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस