दु र्घटनामा इञ्जीनियरको मृ त्यु

रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दु र्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृ त्यु भएको छ । मृ त्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ ।

रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दु र्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृ त्यु भएको थियो ।

त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृ त्यु भएको छ । मृ त्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृ तावस्थामा रानाको श व भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दु र्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस