न्यायपालिका रक्षको लागि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग : देव गरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गरुङले न्यायपालिका रक्षको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाएको बताएका छन् । आज न्यूज २४सँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

जबराले न्ययापालिको नेतृत्व गर्न असक्षम रहेको नेता गुरुङको भनाइ छ । सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको उनले बताए ।

नेता गुरुङले प्रधानन्यायाधीशका कारण संविधान नै संकटमा परेको अवस्थामा कुनै पनि सचेत सांसद चुप लागेर नबस्ने बताउँदै अविश्वासको प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका हुन् ।

नेता गुरुङले भने- ‘राज्यको तीनै अंग लक भएको अवस्थामा प्रजातन्त्र नै विफल हुने र संविधान नै संकटमा पर्ने अवस्थामा सबै सांसद सचेत हुनुहुन्छ । त्यसैले महाअभियोग लगाएको हौँ ।’

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप उल्लेख गरिएको छ ।

नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस