इश्वरले नै हात थापे : यात्रुले भरिएको बस अत्यासलाग्दो भीरमा खस्दा जब हावामा अडिरह्यो…

काठमाडौं । सडक दुर्घटना प्रायः डरलाग्दो हुन्छ । तर धेरै पटक चालकका कारण दुर्घटना हुने गरेको छ ।यस्तै, भारत, हिमाचल प्रदेशको कुल्लुदेखि रैला रुटमा जाँदै गरेको एचआरटीसीको बस रैलाको शेटीटोल नजिकै दुर्घटनाग्रस्त भएको हो ।

बस यात्रुले भरिएको थियो । चालकको दिमागले समयमा नै काम गरेको हुँदा सबै यात्रुको ज्यान जोगियो ।दुर्घटनामा करिब पाँच यात्रु सामान्य घाइते भएका छन् । बसको सिसा फुटाएर अन्य यात्रुको उद्धार गरियो ।

घटना साँझ करिब ५ः४५ बजेतिर भएको हो । एचआरटीसी कुल्लु डिपोको एचपी ६६ ४७२६ नम्बरको बस कुल्लुबाट रैला तर्फ गइरहेको थियो । सेट्टियोल नजिकै सडक भत्कियो ।

त्यसपछि बस सडकको ढुंगामा झुण्डिएको थियो । बसमा करिब ३० जना यात्रु सवार थिए । बस हावामा झुण्डिएको देखेर चालक सञ्जय कुमार आत्तिए, उनलाई रिंगटा लाग्यो । उनलाई १०८ एम्बुलेन्सबाट सैँज अस्पताल ल्याइयो । सडक मुनि गहिरो खाडल रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस ढुंगामा रोकिएपछि ठूलो दुर्घटना हुनबाट जोगियो । बसमा विद्यालयका बालबालिका, कर्मचारी र कामदार बसेको रेल पञ्चायतका प्रमुख जोगिन्द्र सोनीले जानकारी दिनुभयो ।

सीएमओ सुशील चन्द्र शर्माले जानकारी पाएलगत्तै सैँज अस्पतालबाट एम्बुलेन्स र कर्मचारीलाई घटनास्थलमा पठाइएको बताएका छन् । दुर्घटनामा कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको छैन ।
यो घटनापछि कुनै कुनै समय इश्वरले नै हात थाप्ने भन्दै सर्वत्र फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस