एमसीसी पहिल्यै नही चुप छाप पास गर्नु पर्थ्यो ढिला गर्दा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं :प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रि’डा’स्थ’ल भएको बताएका छन् ।

सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् ।

ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने, ‘ पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन।’

ओलीले आफू भने द्व’न्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गरे । ‘हामी द्व’न्द्व बढाउने पक्षमा छैनौं । शान्तिपूर्ण निकासको पक्षमा छौं’, ओलीको भनाइ उदृत गर्दै ती सांसदले भने ।

तर हाल एमाले संसदीय प्रक्रियाबाटै बिमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको ओलीले बताए । ‘यदि संसदीय प्रक्रियामा हामीले भाग लिन पायौं भने हाम्रो एउटा स्ट्याण्ड हुन्छ’, ओलीले भनेका थिए ।

भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुँदा एमालेले नाराबाजी र संसद् अवरोधलाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस