भीम रावललाई एमसीसीको विरोध गर्ने समय दिएको भन्दै सभामुख प्रति एमालेको आपत्ती

काठमाडौं । नेकपा एमालेको अनुमति विना नेता भीम रावलले संसदमा बोल्ने समय पाएपछि एमालेले त्यसमा आपत्ती जनाएको छ । आइतबारको संसद् बैठकमा नेता भीम रावलले एमसीसीको विरोध गरेका थिए । उनलाई सभामुख अग्नी सापकोटाले बोल्ने समय दिएका कारण एमालेले आपत्ती जनाएको हो । एमाले नेताले सभामुखलाई भेटेर त्यस प्रति आपत्ती जनाएका छन् ।

नेकपा एमालेले एमसीसी प्रति आफ्नो धारणा सार्वजनिक गरेको छैन । तर सभामुख अग्नी सापकोटाको राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका बावजुद सभामुखले नेता रावललाई बोल्ने समय दिएका थिए । आफ्ना सांसद भीम रावललाई बोल्न समय दिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखसँग गम्भीर आपत्ति जनाएको छ।

प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई भेटेर आपत्ति प्रकट गरेका हुन्। ‘भीम रावलले संसद्‌मा बोलेको विषयमा आपत्ति जनाएका छौं। एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति विपरीत बोल्न समय दिइएको छ,’ भट्टराईले भने, ‘दलीय सहमति नभइकन बोल्न दिने कुरा दलीय व्यवस्था विपरीतको काम गर्नुभएको छ। हुन त उहाँले सुरुदेखि नै एमालेका विरुद्धमा लागि रहनुभएकै छ।’ सभामुखले आगामी दिनमा आफुले यस्तो गल्ती नगर्ने बचन दिएको पनि नेता भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस