संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई

काठमाडौं ९ फागुन । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक भएको बताएका छन् ।

एमसीसीका समर्थन नेता भट्टराई आइतबार बसेको संसद बैठकमा एमसीसी टबेल हुँदा निकै उत्साही देखिएका थिए ।

संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गर्नु पर्ने बताएका उनले दलीयरगुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आग्रह समेत गरेका छन् ।

संसदमा एमसीसी टेबल भएपछि नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक भएको बताएका हुन् ।

‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमाःऋऋ प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक छ।’

उनले अघि भनेका छन् ,’संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं! दलीयरगुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं!’

प्रतिक्रिया दिनुहोस