फागुन १० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । भूमि लगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला । आर्थिक अभावले सताउने योग छ । हितैसी मित्रहरूले साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धु बान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धु बान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिला सुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यस प्रति पनि चिन्ता बढ्न सक्छ । आज चोरिने वा ठगीमा परिने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यमा बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दिदि बहिनीमा असमझदारी बढ्ने छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तानले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दा मामिला वा कामका झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले काममा बाधा पुग्न सक्छ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ । टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस