महिला प्रहरी हवल्दार मृ’त फेला, विवाह इतर सम्बन्धका कारण आफ्नै सहकर्मीले मा’रेको आशंका

काठमाडौं । भारत, बिहारको राजधानी लखनउको पीजीआईस्थित माटी नल्लामा बिहीबार भेटिएको श’व बेपत्ता महिला हवल्दार रुची सिंहको भएको खुलेको छ ।

शनिबार सुशान्त गल्फ सिटी प्रहरी चौकीमा ब्याज हराएको उ’जुरी प्रहरी मुख्यालयमा तैनाथ शाखा अधिकृत एमपी सिंहले दर्ता गराएका थिए ।आइतबार सिंहका भाइ पो,’स्टमार्टम घर पुगेर बिहीबार नालीमा फेला परेको शवलाई दिदीको रूपमा पहिचान गरेका हुन् ।

प्रतापगढको रानीगञ्जमा तैनाथ तहसीलदारले ज्यान लिन ष’ड्यन्त्र रचेको आरोप छ । हाल प्रहरीले तहसीलदारसहित दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।बिजनौर निवासी रुची सिंह प्रहरी मुख्यालयमा तै’नाथ थिइन् । उनी फेब्रअरी १३ तारिखमा ड्युटी थियो ।

रुची काममा नआएपछि साथीले उनलाई खोजिरहेकी थिइन् । उनको साथीले सामाजिक सञ्जालमा पोस्ट गरेर सहयोग मागेकी थिइन् । त्यही क्रममा रुचीको मोबाइल पनि लगातार बन्द थियो ।हवल्दारबारे कुनै जानकारी नआएपछि शनिबार हराएको उजुरी परेको थियो ।

सोही क्रममा बिहीबार माटीस्थित नालीमा एक महिलाको श’व फेला पर्यो । जसको रूप हराइरहेकी रुचीसँग मिल्दोजुल्दो थियो ।श’व पहिचान गर्नका लागि मृ’तकका भाइ शुभम र बुबा योगेन्द्रलाई खबर गरिएको एसीपी क्यान्ट अर्चना सिंहले बताउनुभयो । शुभम आइतबार लखनउ पुगेका थिए ।

त्यसपछि प्रहरीले उनलाई पो,’स्टमार्टम घरमा लगेको थियो । त्यहाँ शुभमले श’व दिदी रुचीको भएको कुरा पुष्टि गरेका हुन् ।जानकारी अनुसार उनीमाथि विवाहका लागि द’बाब बढ्दै थियो । बेपत्ता प्रहरी जवानको मोबाइलको विवरण खोज्दा प्रहरीले शं’कास्पद नम्बर फेला पार्यो ।

जुन प्रतापगढको रानीगञ्जमा तै’नाथ तहसीलदार पदमेश श्रीवास्तवको हो । सो जानकारीका आधारमा तहसीलदारलाई नियन्त्रणमा लिइएको छ ।सोधपुछ गर्दा पद्मेशले रुचीसँग फेसबुक मार्फत मित्रता भएको स्विकार गरेका छन् । दुवैबीच गहिरो सम्बन्ध थियो । रुची पहिल्यै विवाहित थिइन् ।

तर रुची लगातार तहसीलदारलाई विवाह गर्न द’बाब दिइरहेकी थिइन् ।प्रहरी उपरिक्षक पीजीआई धरमपाल सिंहका अनुसार पदमेश श्रीवास्तवसँग ज्यान लिने कार्य कसरी र कहिले भएको हो ?, शवको व्यवस्थापन कसरी गरे ? भन्ने प्रश्नहरूको जवाफ पाउन बाँकी छ । उनीहरुसँग निरन्तर सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस