शौच गर्न घरबाट निस्केकी किशोरी ब-ला-त्कृत

काठमाडौं, राति घरबाट बाहिर शौच गर्न निस्केकी एक किशोरी रुपन्देहीमा क-रणी भएकी छन् । १८ वर्षीया किशोरीलाई ज’बरज’स्ती क-रणी गरेको अभियोगमा ओमसतिया गाउँपालिका–६ बस्ने २० वर्षीय इन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अलीले ती किशोरीलाई गए राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा ज’बर’ज’स्ती क-रणी ग-रेको बताइएको छ । क-रणी ग-रेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुनस् प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर पलाएको बताइन् ।

त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठमाडौं पुगेकी कविताले काठमाडौंमा पनि पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पूरा गर्न छाडेकी छैनन् । लियो क्लब अफ काठमाडौं आनन्दभैरवले शनिबार आयोजना पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा निम्त्याइयो । सिद्ध कलेज, काठमाडौंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोरकिशोरीले स्यानेटरी प्याड बनाउने सिप सिकेका छन् ।

कविताले तालिममा सहभागी किशोरकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर स्यानेटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छिन् । उनले सुति, कटन जस्ता नरम कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छिन् । घरमै तयार पारिएको प्याड एक वर्षसम्म पुनः प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य कविता हाल जिपी मेमोरियलमा कलेज, काठमाडौंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् ।

कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ वैसाखमा स्यानेटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिइन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस