सर्वोच्चद्धारा एमसीसीविरुद्धको रिट दरपीठ

अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै प्रशासनले दरपीठ गरेको हो।वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले सोमबार पेस गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो।रिटमा संसदबाट अनुमोदन गर्नको लागी बहुमत संख्याको व्याख्या गर्न माग गरिएको छ ।

सर्वोच्च अदालत प्रशासनले मंगलबार भण्डारीको रिट दरपीठ गरिदिएको हो। सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

याे पनि:-घरमा लगाउनुहोस् यी ५ बिरुवा, भरपुर मात्रामा मिल्नेछ लक्ष्मी माताको कृपा
काठमाडौँ । सबै मानिसको चाहना हुन्छ, उसको घर र कारोबारमा लक्ष्मीको आशीर्वाद भइरहोस् भन्ने । यसका लागि मानिसहरू विभिन्न तरिका अपनाउँछन् ।

घरको साजसज्जाले पनि धनसम्पत्तिमा धेरै असर गर्छ । दिपावलीमा लक्ष्मी धर्तीमा आउँछिन्, सफा सुग्घर घरमा बास गर्छिन् भन्ने मान्यता छ ।त्यही कारण मानिसहरू घरको सरसफाइमा विशेष ध्यान दिन्छन् । डेकोरेसनका साथसाथै बिरुवा लगाउन पनि खास ध्यान दिन्छन् । केही बिरुवा घरमा लगाउनाले लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता छ ।

लक्ष्मणा
यो बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ । यो धनलक्ष्मीलाई घरमा प्रवेश गराउन निकै उपयोगी हुन्छ । पैसा बचाउने हो भने घरको आँगनमा लक्ष्मणा बिरुपा लगाउने गर्नोस् ।
केरा:-यी चार राशिका मानिससँग ‘पंगा’ नलिएकै राम्रो, नत्र जीवनभर हुनसक्छ पछुतोकेराको बोट पूजा गर्न शुभ मानिन्छ । भगवान विष्णु र लक्ष्मीले केरा फलाहार गर्छन् । घरमा स–सानो केराको बोट लगाउनु निकै राम्रो हुन्छ ।

मनी प्लान्ट:-धेरैजसो घरमा मनी प्लान्टको बिरुवा लगाइन्छ । यसले घरको शोभा बढाउनुका साथसाथ लक्ष्मीको आशीर्वाद पनि प्राप्त गर्ने लाभकारी बिरुवा हो । मनी प्लान्ट आग्नेय दिशामा लगाउनु उपयुक्त हुन्छ ।
क्रसुला ओवाटा:-फेंगसुईका अनुसार यो बिरुवा लगाउनाले घरको नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा घरमा प्रवेश गराउँछ । यो बिरुवालाई जेड प्लान्ट, फ्रेन्डसिप ट्री, लकी प्लान्ट आदि नामले पनि चिनिन्छ ।

अश्वगन्धा:-आयुर्वेदका अनुसार अश्वगन्धा स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ। यो धन प्राप्तिका लागि पनि निकै सकारात्मक प्रभाव पार्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस