नेपालको स्वाभीमान तलमाथि पारेर दिइने सहयोग नेपाललाई एक पैसा पनि चाहिँदैनः झलनाथ खनाल

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने बताए ।

‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भने, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’

उनले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताए । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले ला’ठी ब’र्षाएको उनलेजनाए।‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन द’मन भएको छ , म त्यसको निन्दा गर्दछु,’ उनले भने ।

बैठकमा बोल्दै उनले भने, ‘मेरो पालामा कुनै सहमति गरेको छैन। केही भएको छैन। १९५ वटा देशहरूसँग कुनैलाई शत्रु ठानेको छैन। अमेरिकासँग पनि ७० वर्षदेखि सहकार्य गरिरहेका छौँ। हामी सहयोग लिन्छौँ। जुन सहयोग सम्मान र नेपालको स्वतन्त्रतालाई सम्मान गरेर दिएको सहयोगलाई लिन्छ। एमसिसी सम्झौतालाई शर्त नै शर्तले बेरिएको छ। त्यो शर्त अमान्य छ।’

आफूहरू अर्ब मात्रै नभएर १ खर्ब दिए पनि स्वीकार्न तयार रहेको बताउँदै नेपालको स्वाभिमानविपरीत कसैको एक पैसा नचाहिने उनले बताए। एमसिसी सम्झौता लागू भएपछि अमेरिकाकै कानुन हुने व्यवस्था गरेको उल्लेख गरे।

नेता खनालले भने, ‘एमसिसीमाथि संसदमा छलफल गर्ने वातावरण छैन। त्यो अवस्था बनाउन नसके प्रधानमन्त्रीकै अक्षतामाथि प्रश्न उठ्छ। एमसिसी सम्झौताको सबै डकुमेन्ट संसदमा राखेपछि सहमति अघि बढ्न सक्छौँ। हाम्रो पार्टीले यथास्थितिमा पास गर्न हुँदैन भनेर राख्दै आएका छौँ।’ उनले सत्ता गठबन्धनमा भएको व्याख्यात्मक टिप्पणीको अमेरिकाले स्वीकार गर्ने आधार खोजेका छन्।

उनले भने, ‘व्याख्यात्मक टिप्पणी गरेर पास गर्ने कुरा आइरहेको छ। त्यसको ग्यारेन्टी के छ? यसको कुनै कानुनी आधार छैन। एकतर्फी रुपमा सभाले घोषणा गर्न मिल्दैन। संशोधन गर्न अमेरिका र एमसिसी थाहा छ कि छैन। त्यो कुरा संसदले थाहा पाउन पर्छ। त्यो थाहा भएपछि मात्रै अगाडि बढाउनेबारे सोच्न सक्छौँ।’

प्रतिक्रिया दिनुहोस