काठमाडौंका यी ठाउँहरुमा भोलि गाडी चलाउन नपाइने कारण यस्तो

मंगलबार परेको महाशिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार पारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो ।

शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ ।पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । त्यस्तै धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति क्षेत्र आसपासलाई लक्षित गरि सवारी व्यवस्थापन गरेको जनाएको छ। महाशाखाका अनुसार सिफल चौर, गुह्येश्वरी चौस, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमालकोट, तिलगंगा कोरिडोरमा पार्किङको व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस