चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरि निर्णय लिने प्रवक्ता कार्की भनाई

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । चार दलीय गठबन्धनको बैठकमा एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उने भने, ‘चुनावी विषयमा हामीले आ-आफ्ना दलहरुमा आ-आफ्ना धारणाहरु राख्छौँ । आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं, धेरै कुराहरु छलफल गर्न बाँकी नै छ । सबैले आ-आफ्ना दलभित्र पनि कुरा गर्छौं ।’

त्यसैगरी एमालेलाई संसद अवराेध हटाउन आग्रह गर्ने निर्णय भएको कार्कीले बताए । उनले भने, ‘लामो समयदेखि संसद् सञ्चालन हुन सकेको छैन । यस विषयमा गठबन्धनभित्र गम्भीर छलफल भएको छ संसद्‌को अवरोध हटाएर जनताका समस्यमा छलफल गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षलाई आग्रह गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस