युक्रेनबाट ५११ नेपाली बाहिरिए, उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखियो

काठमाडौं, २० फागुन रुस–युक्रेन द्व’न्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए ।

उद्दार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

ट्याक्टरको ठक्करले ट्राफिक प्रहरीका सईको ज्यान गयाे
चितवन, ट्याक्टरको ठक्करबाट गएराति एक जना ट्राफिक प्रहरीका सईको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं ६ स्थित जयनेपाल चोकमा ना ४ त ८८२९ नम्बरको ट्याक्टरले सइ अर्जुन पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

राति करिब ९ बजेतिर चोक हुँदै बजारतर्फ गइरहेको उक्त ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकलमा सवार सई पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । उनको स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं १४ राधापुर रहेको खुलेको छ ।ठक्कर दिने ट्याक्टर र सोका चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस