मागेर देश चलाउने , एमसीसी राष्ट्रघाती भन्नेहरुका छोराछोरी पनि अमेरीका गईसकेका छन्ः गगप थापा

फागुण २० काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाउने भनेर प्रश्न गर्नेहरुका छोराछोरी पनि अमेरीका गईसकेको बताएका छन् ।
गत आईतबार एमसीसी अनुमोदन गर्ने क्रममा अमेरीका, चीन, भारत सबैबाट मागौँ देशको विकास गरौँ

भन्ने अभिव्यक्ति सार्वजनिक भए पछि उनको आलोचना भएको थियो ।त्यसको जवाफ दिँदै थापाले मागेर देश चल्छ ? यो राष्ट्रघात भनेर नारा लगाउने कतिपयका छोराछोरी यस अघि नै अमेरीका गईसकेको टिप्पणी गरे ।

काँग्रेसले आज आज आयोजना गरेको कार्यक्रममा उनले मण्डले र मशाले ( राजावादी र कम्युनिष्टहरु ) एउटै प्रवृतिको भएको र उनीहरुले उत्तेजनाको राजनीति गरिरहेको बताए ।काँग्रेस उत्तेजनाको राजनीति नगर्ने र अब जनमत बढाउन नौजवान युवाहरुसम्म पार्टी पुग्नु पर्ने थापाले बताए ।

मान्छेहरु रातभर मेरो भिडियो हेर्छन र दिनभर अस्लील भनेर गाली गर्छन् : पुनम पाण्डेको आक्रोश

भारतमा अस्लीलता फैलाउने भनेर आरोप खेपेकी मोडल पुनम पाण्डेले आक्रोश व्यक्त गरेकी छन् । उनले मान्छेहरु रातभर आफ्नो भिडियो हेर्ने र दिनभर अस्लीलता फैलाएको भनेर गाली गर्छन् भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

अहिले कगंना रनौतको लकअपमा सामेल भएकी पाण्डेले आफ्नै श्रीमान्ले पनि सुहागरातकै दिन कुटपिट गरेको स्मरण गरेकी छन् ।पुनमले अब छिट्टै आफू अमेरीका पलायन हुने पनि जानकारी दिएकी छन् ।६० मिलियन ईम्प्रेसन्स र २ सय मिलिन प्रत्यक महिना भ्युज त्यतिकै नआउने भन्दै उनले दर्शकहरुको आलोचनालाई गाली गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस