पिडित महिलाको बयान : एक्लै सुतिरहेको थिए अचानक तिन जना युवकहरु घर भित्र छिरेर मलाई ……

म्याग्दी, सामूहिक क’र’णी’को आरोपमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ।बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलामाथी करणीको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदाम पक्राउ परेका हुन्।

तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।“आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन”, उहाँले भन्नुभयो ।

एक्लै सुतिरहेको अवस्थामा ती युवाले ज’ब’र्जस्ती ध’म्क्या’उँदै पालैपालो ब’ला’त्का’र ग’रे’को भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो ।उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ ।

मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई यस्तो गरेको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक ब’ला’त्का’र पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस