वैदेशिक रोज`गारीमा जाने श्रमिकलाई खुशीको खबर, नेपालको एयरपोर्टमा भयो यस्तो नियम परिवर्तन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा`लयले त्रिभुवन अन्तर्राष्ट्रिय विमान`स्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सही`छाप लगाउने नाममा वैदेशिक रोज`गारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा`मन्त्री कृष्ण|कुमार श्रेष्ठले विमान`स्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गर्नुभएको हो ।

मन्त्री श्रेष्ठ सहित मन्त्रालयका अधि`कारीहरु बुधवार अन्त`र्राष्ट्रिय विमान`स्थलमा गइ श्रम डेस्क हटाइएको हो । अनलाइन सूचना प्रणाली (फेमिस) आइ`सकेको अवस्थामा विमान|स्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ ।सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालय`बाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दु:ख दिएको गुनासो आएको थियो।

विमानस्थलमा श्रमिक`हरूको समस्या`लाई समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो । विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरि`एकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्वारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभयो ।

मन्त्री श्रेष्ठले विमान`स्थलमा राखिएको कोरोना भाइ`रसको पीसीआर परीक्षण जाँच गर्ने प्रकृया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गर्नुभयो ।
यस`अघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनि|वार्य रूपमा श्रम डेस्कमा गइ डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अब श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि विमान`स्थलमा प्रवेश पाउनेछन् ।

विमानस्थलमा वैदे`शिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजी`करणका लागि काम गर्नेछ । श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिए`पछि त्यसको औचित्य सकिएको छ ।

वैदेशिक रोजगारीमा जान विमान`स्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टीकर परी`क्षणका लागि घण्टाै लाइन बस्नु पर्ने बाध्यता हटेको छ ।चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दभ धेरै श्रमिकले त्रिभुवन विमान`स्थल प्रयोग गरेका थिए । यसअघि वैदेशिक रोज`गारमा जान विमानस्थल पुगेका दैनिक २ हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वी`कृतिको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए ।

श्रम डेस्क हटाइए`पछि उनीहरु पनि खुसी भएका छन् । यसैगरी यस अघि वैदेशिक रोजगारीमा जान श्रमिकले ३ वटा मध्ये एउटा मात्र प्रस्थान द्वार प्रयोग गर्न पाउने विभेद`पूर्ण नियम थियो। वैदेशिक रोज`गारीमा जाने श्रमिकको प्रस्थानद्वार`लाई सीमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घण्टाै लाइन बस्नु पर्ने बाध्यता थियो । – उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस