काठमाडौंको नयाँबानेश्वरमा बस्ने ४९ वर्षीय कृष्णले गर्दा रहेछन् चकित पर्ने काम

काठमाडौं-बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन् ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते उनलाई चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

अनुहार गोर र चम्किलो बनाउन अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौँ । भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ ।

जान्नुहोस् यी ३ उपाय:

१. मह र टमाटरको प्याक : मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने ।

महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ । टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ । पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ।

२.मेवा र महको मास्क : यो मास्क अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ । यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस्।

त्यसपछि १५ मिनेटका लागि सुक्न दिनुस् । मेवामा सक्रिय एन्जाइम पाइन्छ जुन एन्टिफङ्गल गुणले भरिएको हुन्छ । यसले अनुहारको मरेको छाला बाहिर निकाल्ने र अनुहारमा हाइड्रेट गर्ने, छालामा रंग समेत दिन्छ।

३.घ्युकुमारी र काक्रोको प्याक : घ्युकुमारी र काक्रो दुवैले अनुहारलाई हाइड्रेट गर्छ। अनुहारको छालालाई चम्किलो बनाउन र सफा छालाको लागि यो निकै मद्दतगार हुन्छ।

यसका लागि काक्रोको रस निकाल्ने र २ चिया चम्चा घ्युकुमारीको जेल मिसाउने र यसलाई अनुहारमा सुक्न दिने। १५ मिनेटपछि चिसो पानीले पखाल्ने।

अनुहारको छालाका लागि घ्युकुमारी निकै फाइदाजनक हुन्छ । घ्युकुमारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, खनिज, एमिनो एसिड हुन्छ । जसले सनबर्न, अनुहारमा आउने दाना र चायाँपोतो हटाउन मद्दत गर्छ। साथै काक्रोमा पाइने भिटामिन र पोषक तत्वले अनुहारमा सुख्खापन र उमेर बढ्दै जाँदा छालामा आउने समस्याबाट छुटकारा दिलाउँछ।

यी तीनै उपायले छालामा कोलेजन उत्पादन गर्न मद्दत गर्छ । यसले अनुहारमा आउने चाउरीलायृ समेत कम गर्छ भने अनुहारमा आउने विभिन्न समस्या पनि कम गर्छ।

प्रतिक्रिया दिनुहोस