‘गीतले जनयुद्धको विरोध गरेको छैन। ? गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएकाे छ : बाबुराम भट्टराई

काठमाडौं । (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।

माओवादी जनयुद्धबाट पीडित बनेका कार्युकर्ताको पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन् ।

‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएको टिप्पणी गरेका छन् ।

भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्याउने ? भन्दै प्रश्न गरेका छन् ।उक्त गीतको बिरोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस