प्रतिक्रियावादीलाई पछिल्लो ढोकाबाट भोट हाल्ने कम्युनिस्ट हुन्छन् ?घनश्याम भुसाललाई ओलीको प्रश्न …

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल कम्युनिस्ट नभएको टिप्पणी गरेका छन् । आज पार्टीको भगिनी संस्था अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नामको मात्र कम्युनिस्ट भएको टिप्पणी गरेका हुन् ।

‘कम्युनिस्ट मिल्ने कि समाप्त हुने ? कस्लाई भनेको ?’ ओलीले घनश्याम भुसालको आज प्रकाशित कम्युनिस्ट पार्टीको भविष्यः एकता कि सत्यानाश शिर्षकको लेखतर्फ संकेत गर्दै भने,‘प्रतििक्रयावादीलाई भोट हाल्न पछिल्लो ढोकाबाट जाने कम्युनिस्ट हुन्छन् ? यस्ता पनि कम्युनिस्ट हुन्छन् ?’

कम्युनिस्ट मिल्नुपर्छ भनेर कस्लाई भनेको भनी प्रश्न गरे । उनले प्रश्न गरे,‘मोहन वैद्यलाई भनेको कि माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई भनेको ?’ उनले एमालेलाई जिस्क्याउने कुरा नगर्न चेतावनी दिए ।

कम्युनिस्ट मिल्ने कुरा गरेर जनतालाई अलमलाउन खोजिएको बताए । उनले एमालेले स्थानीय निकायमा एक्लै ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरे । उनले भने,‘हामी एक्लै ६० देखि ७० सिट जित्न सक्छौं ।’

सर्वसम्मत होऊ भन्ने कुरा मीठो मात्र भएको तर्क गरे । उनले चुनाव लडेर जान भने ।देशमा दुईवटा पक्ष मात्र भएको तर्क गरे । उनले भने,‘के को कम्युनिस्ट के को काँग्रेस, अहिले दुईवटा शक्ति छ ।’ उनले परमादेशबाट आएको शक्ति र प्रतिक्रियावादी विरोधी आफूहरुको शक्ति मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस