अरुलाई अवरोध नहुने गरी होली पर्व मनाउदै स्वास्थ्यका मापदण्ड पालना गराै :प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइ नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ ।

साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नु भयो ।उहाँले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गर्नु भयो ।

याे पनि,लुम्बिनी प्रदेशकाे कार्यक्रममा सहभागी हुन प्रचण्ड बुटवल प्रस्थान
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहबार बुटवल गएका छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनेछन् । केन्द्रीय कमिटी बैठक लगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको हो ।

सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् । उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए । तर, पहिलो हुने गरिको तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइ दिएका दिए ।

प्रतिक्रिया दिनुहोस