ललितपुरका चार उपमेयर भन्छन्- राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हाे

ललितपुरका जनप्रतिनिधिहरूले निर्वाचन आयोगले जनप्रतिनिधिहरूले राजीनामा दिएपछि मात्र उम्मेदवार दिनुपर्ने व्यवस्था ठिक भएको बताएका छन् ।
ललितपुर महानगरकी उपमेयर गीता सत्याल राजीनामा दिनुपर्ने व्यवस्था सही भएको बताउँछिन् । उनी भन्छिन्, ‘यो व्यवस्था मेरो विचारमा एकदमै राम्रो हो । जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठिक होइन ।’

गोदावरी नगरकी उपमेयर मुना अधिकारी पनि राजिनामा दिएरै निर्वाचनमा जानुपर्ने व्यवस्थालाई सदर गर्छिन् । उनी भन्छिन्, ‘सरकारी कुर्सीमा बसेर चुनाव लड्दा अरु प्रत्यासीलाई असर पर्ला भन्ने उद्देश्य होला, मलाई ठिकै लाग्यो ।’

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाकी उपमेयर कमला तामाङ जनप्रतिनिधिले राजिनामा दिएरै निर्वाचनमा जानु उपर्युक्त हुने बताउँछिन् । ‘नेतृत्वले सोचेर नै निर्णय लिएको होला । मलाई ठिक लागेको छ,’ उनी भन्छिन् ।कोञ्ज्योसाेम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामा भने पार्टीले टिकट दिएपछि मात्र राजीनामा दिनु उपर्युक्त हुने बताउँछिन् । महालक्ष्मी नगरकी उपमेयर निर्मला थापा भने यस विषयमा बोल्न चाहिनन् ।

याे पनि,छुट्टाछुट्टै स्थानमा डुबेर पाँच जनाको मृत्यु
इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राइको बिहीबार मृत्यु भएको छ ।

साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल बिष्टको बिहीबार मृत्यु भएको छ ।उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार मृत्यु भएको छ ।

उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने रमा रानामगरको बिहीबार मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ छाँगासिर झरनाको पानीमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय कमल उपाध्यायको बिहीबार दिउँसो मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस