१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

काठमाडौं,ओभरल्यान्ड–ईले हालै नयाँ इलेक्ट्रिक कार जेनेरेसन–२ सार्वजनिक गरेको छ । यो अफ–रोड इलेक्ट्रिक कार हो जसको डिजाइन सामान्य इलेक्ट्रिक कार भन्दा फरक छ । जेनेरेसन २ ले फुल चार्जमा १२०७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । जेनेरेशन–२ इलेक्ट्रिक कार २ मोडलमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीको दोस्रो मोडल अफ–रोडमा केन्द्रित मोडेल हुनेछ, जुन रफ डिजाइन र अफ–रोडिङ सुविधासहित उपलब्ध हुनेछ । ओभरल्यान्ड–ईले जेनेरेशन २ मोडलका दुवै मोडल यसै वर्षको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि उपलब्ध गराइनेछ ।

कारमा ब्ल्याक फ्रन्ट ग्रिल, एलईडी हेडलाइट, एलईडी टेल लाइट र कर्भको आकारमा बोनट र लामो ह्विलबेस दिइएको छ । कारमा धेरै कम डिजाइन र कर्भ प्रयोग गरिएको छ । कारको साइड प्रोफाइल पनि साधारण छ ।

कारको ड्यासबोर्डको डिजाइन पनि साधारण देखिन्छ । कारको पछाडि २ फ्युल कन्टेनर दिइएको छ । कारको छतमा ग्र्याब रेल र एलईडी डिपर जडान गरिएको छ । कारमा पछाडिको डेक पनि छ जसमा ४ वटा ठूला टायरहरू अटाउन सकिन्छ ।

यो कम्पनीको पहिलो इलेक्ट्रिक कार होइन, यसअघि कम्पनीले एमके १ इलेक्ट्रिक कार लन्च गरिसकेको छ, जुन फक्सवागन बिटलको डिजाइनमा आधारित छ । ओभरल्यान्ड–ईले जुन २०२३ मा जेनेरेशन २ इलेक्ट्रिक कारको उत्पादन सुरु गर्नेछ । यसलाई बेलायत र अमेरिकाका उत्पादन गरिनेछ ।

कम्पनीको योजना अनुसार यो इलेक्ट्रिक कार पहिला सेनाका लागि उत्पादन गरिने छ । साथै सो कार रेसिङ र मोटरस्पोर्ट प्रतियोगिता आयोजना गर्ने कम्पनीलाई पनि बिक्री गर्नेछ । कम्पनीले जेनेरेशन–२ इलेक्ट्रिक कारको मूल्यबारे जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस