प्राधिकरण नाफामा छ,विद्युत अझै सस्तो हुन्छ : कुलमान घिसिङ

परासी : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताएका छन्। पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाइन तथा २

२०/१३२ के.भी. न्यू बुटवल सवस्टेशनको उद्घाटन कार्यक्रममा पुगेका उनले प्राधिकरण विगत ५ वर्षदेखि नाफामा रहेकाले सस्तो बनाउन कुनै समस्या नरहेको बताए। ‘नेपालको विद्युत अहिले पनि महङ्गो छैन्। अहिले १/२ रुपैयाँ महङो तिर्दैमा केही हुन्न।

त्यसको प्रतिफल पाइन्छ नै’, उनले भने। चौबिसै घण्टा विद्युत आपुर्तिका लागि लगानी चाहिने र त्यसका लागि समस्या पनि नरहेको उनले बताए। ‘विद्युतमा वार्षिक १० देखि १२ अर्ब रुपैयाँ लगानी गरेका छौं। अहिले ग्रामीण जनताले ३० रुपैयाँमा विद्युत उपभोग गरेका छन्।

त्यसलाई अझ सस्तो बनाउने गरी लागेका छौं’, उनले भने। सुनवलको सूर्यवस्तीमा निर्माण भएको सवस्टेशनमा पुनः ३३ र ११ के.भी.को प्रसारण लाइन बनाउन लागिएकाले यहाँका उद्योग र स्थानीयले केही समयमा सर्वसुलभ विद्युत उपभोग गर्न पाउने उनले बताए।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यहाँ सञ्चालनमा आएको सवस्टेशन नेपालमै विद्युतका लागि हवको रुपमा रहेको बताए। उनले यहाँबाट बुटवल–गोरखपुर अन्तरदेशीय विद्युत आपुर्तिसमेत हुने बताए।

प्रतिक्रिया दिनुहोस