एमाले बैठकमा पत्रकारबीच हानाहान, के हो कारण?

काठमाडौं, नेकपा एमालेको तेस्रो केन्द्रीय समितिको बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा चलिरहेको छ। स्थानीय निर्वाचनको तयारी, घोषणापत्रबारे छलफल लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकले विभिन्न ११ वटा एजेन्डा तय गरेको छ।

कार्की व्यांक्वेट भित्र बैठक चलिरहँदा बाहिर भने पत्रकारहरुबीच मुक्का हानाहान भएको छ। हानाहानको कारण भने खुलिसकेको छैन। तर, दुई पत्रकारबीच लामैसमय हानाहान भएको भिडियोमा देख्न सकिन्छ।झडपमा उत्रिएका ती पत्रकारलाई प्रहरीले छुट्टाएको छ। कार्यक्रमस्थलमा बाह्रखरी र हिमालय टिभीका पत्रकारबीच हानाहान भएको बताइएको छ।

बैठकमा छलफलका लागि विभिन्न ११ एजेन्डा तय गरिएको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन महत्त्वपूर्ण रहेको एमाले नेताहरूले बताएका छन् । यस्तै, विभिन्न विभागहरू गठन बैठकको कार्यसूचीमा समावेश छ । स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तय गर्नेलगायत एजेन्डा छन् ।

याे पनि,एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली
एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गरेका छन् । कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन् ।

‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुना बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस